Skip to content

मंगलबार नेप्से ५८.६३ अंकले बढ्यो, कारोबार रकममा भने गिरावट

nabil bank

काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक ५८.६३ अंकले बढेर बन्द भएको छ। आज नेप्से परिसूचक ५८.६३ अंक बढेर २६८२.२५ विन्दुमा पुगेको छ।

त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स ९.०८ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.९० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.०१ अंक बढेको छ।

आज ३ सय २८ कम्पनीको १ करोड १३ लाख ५३ हजार कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २९ करोड २७ लाख ७३ हजार ९ सय २५ रुपैयाँ बराबर संकलन भएको छ ।

आज २ सय ३८ कम्पनीको सेयर मूल्य बढ्दा १४ कम्पनीको सेयर मूल्य घटेको छ। आज नेपाल रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ३८ करोड ६८ लाख रुपैयाँ संकलन हुँदा कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ हजार ५ सय १८ रुपैयाँ पुगेको छ ।

आज सर्वाधिक बढ्नेमा निर्जीवन बीमा कम्पनी रहेको छ । निर्जीवन बीमा समूहको ३.४८ प्रतिशतले बढेको हो । साथै, वाणिज्य बैंक समूहको १.३८ प्रतिशत, विकास बैंक समूहको २.९५ प्रतिशत, फाइनान्स समूहको २.१२ प्रतिशतसहित १३ वटै उपसूचकमा सुधार आएको हो ।

साथै,  आज ८ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एक कम्पनीको सेयर मूल्य ४.३० प्रतिशतले घटेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime