Skip to content

नेपालमा चीनका बैंकको शाखा स्थापना गर्न अर्थमन्त्री खनालले राजदूतसँग गरे आग्रह

चीनले नेपाललाई गर्दै आएको सहयोग निरन्तर रहने

nabil bank

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले नेपाल र चीन बैंकिङ्ग क्षेत्रमा साझेदारीलाई थप प्रगाढ बढाउन, चीनको बैंकको शाखा नेपालमा स्थापना चिनियाँ राजदूत चेङ्ग सोङ्गलाई आग्रह गरेका छन् ।

मन्त्री खनाल र नेपालका लागि जनगणतन्त्र चीनका राजदूत चेङ्ग सोङ्गबीच आज भेटमा यस्तो आग्रह गरेका हुन् ।

मन्त्री खनालले नेपालबाट भएको निकासीको भुक्तानी सरलीकरणको पहल गरिदिन तथा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीको लागि प्रोत्साहित गर्न समेत चिनियाँ राजदूतलाई अनुरोध गरे ।

मन्त्री खनालले चीन नेपालको असल छिमेकी रहेको उल्लेख गर्दै चीनले नेपालमा गर्दै आएको निरन्तर सहयोगका लागि धन्यबाद व्यक्त गरे ।

भेटमा अर्थमन्त्री खनालले विशिष्ट परिस्थतिमा गठन भएको वर्तमान सरकारको मुख्य कार्य तोकिएको समयमा निर्वाचन सम्पन्न गर्ने रहेको उल्लेख गर्दै सरकारले चीनसँगको आर्थिक साझेदारीलाई निरन्तरता दिने बताए ।

भेटमा राजदुतले चीनले नेपाली जनताको छनौटलाई सँधै सम्मान गर्दै आएको उल्लेख गर्दै चीनले नेपाललाई गर्दै आएको सहयोग निरन्तर रहने बताए ।

चिनियाँ राजदूतले चीनको सहयोगमा निर्माणाधिन परियोजनाहरु सन्तोषजनक रुपले अगाडी बढिरहेको तथा चिनियाँ लगानीकर्ता नेपालमा लगानीको लागि इच्छुक रहेको बताउँदै परिस्थिति अनुकूल भएपछि चिनियाँ लगानीकर्तासंगको छुट्टै अन्तर्क्रिया गरिने जानकारी दिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime