Skip to content

दुई महिनामा भित्रियो साढे १ अर्बभन्दा बढीको इभी, एक महिनामै १ अर्ब बढीकाे आयात

काठमाडौं । भदौ महिनामा साढे एक अर्ब रुपैयाँभन्दा धेरैको इलेक्ट्रिक भेइकल (इभ) आयात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार भदौ महिनामा १ अर्ब ६९ करोड ८६ लाख ७३ हजार रुपैयाँ बराबरको इभी आयात भएको हो ।

साउन महिनाको तुलनामा भदौमा आयात बढेको छ । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा ५५ करोड ५७ लाख ४६ हजार रुपैयाँ बराबरको मात्र इभी आयात भएको थियो । साउनको तुलनामा भदौमा १ अर्ब ४ करोड २९ लाख २७ हजार रुपैयाँ बराबरले यस्तो आयात बढेको छ ।

इभ आयातबाट सरकारले भदौ महिनासम्म ९१ करोड ८१ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । आयात बढेसँगै सरकारले उठाउने राजस्वमा पनि वृद्धि भएको छ । साउन महिनामा सरकारले इ आयातबाट ३३ करोड २० लाख रुपैयाँ राजस्व संकलन गरेको थियो ।

पछिल्लो समय नेपालको चीनसँगका दुई व्यापारिक नाका बन्द केही समय बन्द रहेका थिए । रसुवा नाका असार २३ देखि बन्द छ भने साउन र भदौमा अधिकांश समय बन्द रहेको तातोपानी नाका कोदारीको पहिरो हटाएपछि सोमबारबाट सञ्चालनमा आएको छ। दुई नाका बन्द भएका कारण व्यापारीले अहिले कोरला नाकाबाट इभी भित्र्याइरहेका छन्। कोरला नाका भदौ ३० बाट सञ्चालनमा आएको हो।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi