Skip to content

टेलिकमलाई ५ वर्षका लागि प्राधिकरणले दियो नयाँ लाइसेन्स

 

काठमाडौं । नेपाल टेलिकमले ५ वर्षका लागि नयाँ लाइसेन्स पाएको छ । साथै, बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले टेलिकमलाई नयाँ लाइसेन्स दिने गरी निर्देशन दिने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को बैठकले दूरसञ्चार सेवालाई नियमित गर्ने प्रयोजनको लागि दूरसञ्चार ऐन, २०५३ को दफा २० को अधिकार प्रयोग गरी प्राधिकरणले निर्देशन दिएको थियो ।

नेपाल दूरसञ्चार प्राधिकरणले शुक्रबार टेलिकमलाई जीएसएम सेलुलर मोबाइल सेवाको अनुमतिपत्र दिएको हो ।

२०५६ सालको वैशाख २९ गते टेलिकमले लाइसेन्स लिएको थियो । त्यसको २५ वर्षे अवधि शुक्रबार सकिएको हो ।

शुक्रबार नै प्राधिकरणले २१ करोड रुपैयाँ शुल्क लिएर पाँच वर्षका लागि नयाँ लाइसेन्स दिएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए ।

यसअघि बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले टेलिकमलाई नयाँ लाइसेन्स दिने गरी निर्देशन दिने निर्णय गरेको थियो ।मन्त्रिपरिषद्को बैठकले दूरसञ्चार सेवालाई नियमित गर्ने प्रयोजनको लागि दूरसञ्चार ऐन, २०५३ को दफा २० को अधिकार प्रयोग गरी प्राधिकरणले निर्देशन दिएको थियो ।

“नेपाल दूरसञ्चार कम्पनी लिमिटेडलाई सोही ऐन ९दूरसञ्चार ऐन, २०५३० को दफा ३३ को उपदफा ९४० बमोजिम पुनः अनुमतिपत्र जारी गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिने,” मन्त्रिपरिषद्को निर्णय छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima