Skip to content

पुँजीबजारको समस्या अध्ययन गर्न गठन भएको कार्यदलले बुझायो प्रतिवेदन

काठमाडौं । पुँजी बजारको समस्या अध्ययन गर्न बनेको कार्यदलले प्रतिवेदन बुझाएको छ। अर्थमन्त्री रामेश्वर खनालले गठन गरेको कार्यदलले उक्त प्रतिवेदन बुझाएको हो ।

गत शुक्रबार अर्थमन्त्री खनालले नेपाल धितोपत्र बोर्डको कायममुकायम कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा ४ सदस्य रहेको कार्यदल गठन गरेका थिए। जेनजी आन्दोलनपश्चात् एक हप्ता भन्दा बढी समय बन्द भएर गत बिहीबार खुलेको सेयर बजार १६० अंकले घटेपछि अर्थमन्त्री रामेश्वर खनालले तत्कालै सेयर बजारमा देखिएका समस्या समाधान गर्न कार्यदल गठन गरेका थिए।

पुँजी बजारमा विकसित विसङ्गति तथा समस्या अध्ययन गरी लगानीकर्ताको मनोबल वृद्धिका लागि चाल्नु पर्ने प्रणालीगत र प्रक्रियागत सुधारका लागि ठोस कार्यान्वयन कार्य योजना प्रस्तुत गर्ने गरी उक्त कार्यदल गठन गरिएको थियो। कार्यदललाई ५ दिनभित्र सुझाव तथा कार्यान्वयन कार्य योजना पेस गर्नुपर्ने कार्यादेश रहेको थियो। सोही कारण आजै कार्यदलले प्रतिवेदन बुझाएको हो।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima