Skip to content

निर्जीवन बीमा कम्पनीले दुई महिनामा ८ अर्ब १२ करोडको व्यापार गरे: सबैभन्दा धेरै सगरमाथा लुम्बिनीको, कुनको कति ? 

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा निर्जीवन बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीले ८ अर्बमाथिको कुल बीमाशुल्क आर्जन गरेका छन् ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक  अनुसार चालु आर्थिक वर्षको साउन र भदौमा १४ निर्जीवन बीमा कम्पनीहरूले ८ अर्ब १२ करोड ८१ लाख ८६ हजार रुपैयाँको व्यवसाय गरेका हुन् ।
दुई  सबैभन्दा धेरै व्यापार गर्ने कम्पनी  सगरमाथा लुम्बिनी कम्पनी रहेको छ । यस कम्पनीले  दुई  महिनामा ८९ करोड ४४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । यसैगरी, सबैभन्दा धेरै व्यापार गर्ने  दोस्रो कम्पनीमा शिखर इन्स्याेरेनस रहेको छ । यस कम्पनीले  दुई महिनामा ८४ करोड ८२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
सबैभन्दा धेरै बीमा शुल्क आर्जन गर्ने तेस्रोमा सिद्धार्थ प्रिमियम कम्पनी रहेको छ । यस कम्पनीले  दुई महिनामा ७७ करोड ३३ लाख लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ।
समीक्षा अवधिमा, हिमालयन एभरेष्टले ७१ करोड १७ लाख, एनएलजि इन्स्योरेन्सले ६८ करोड ७५ लाख, आइजिआई प्रिडेन्सियले ६२ करोड ९१ लाख, दि ओरिएन्टल इन्स्योरेन्सले ५९ करोड ५० लाख रुपैयाँ र नेको इन्स्योरेन्सले ५८ करोड १ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi