काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकले सञ्चालन गरेका वालेटमा रकम जम्मा गर्ने सीमा (संख्या) लाई अस्थायी रुपमा बृद्धि गरेको छ ।
हाल प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा १० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था छ ।
बडा दशैंको शुभ अवसरमा असोज १३ गतेदेखि २१ गतेसम्म र दिपावली तथा छठ पर्वको अवसरमा कात्तिक ३ देखि १० गते सम्म ४० पटकसम्म रकम जम्मा गर्न सकिने छ ।
यो समयमा भएको कारोबारको संख्या र कारोबारको कुल रकम राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागलाई जानकारी गराउन भुक्तानी सेवा प्रदायक संस्थाहरुलाई आग्रह गरिएको छ ।






प्रतिक्रिया दिनुहोस्