Skip to content

जेनजी आन्दोलन प्रभावित व्यवसायीले पुसभित्र कर्जा पुनरतालिकीकरण गर्न पाउने

काठमाडौं । जेनजी आन्दोलनबाट प्रभावित उद्योगी व्यवसायीले २०८२ पुस मसान्तभित्र कर्जाको पुनर्संरचना तथा पुनरतालिकीकरण गर्ने पाउने भएका छन् । आन्दोलनबाट प्रभावित व्यवसायीलाई पुनरुउत्थान र सहजीकरण गर्न केन्द्रीय बैंकले उक्त व्यवस्था गरेको हो ।

शुक्रबार बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशनमा संशोधन गर्दै आन्दोलनका क्रममा सिर्जना भएको असामान्य परिस्थितिबाट प्रत्यक्षरुपमा प्रभावित उद्योग, व्यापार, व्यवसाय, प्रतिष्ठान तथा अन्य ऋणीलाई प्रवाहित कर्जा ऋणीको अनुरोधमा बैंक संस्थाले प्रभावको एकीन कर्जाको पुनरतालिकीकरण पुनर्संरचना गर्न सक्ने व्यवस्था गरेको हो ।

यसैगरी, राष्ट्र बैंकले कम्तिमा १०० जना महिलालाई रोजगारी प्रदान गर्ने उधोगलाई पनि सहुलियतको व्यवस्था गरेको छ । ‘न्यूनतम २५ प्रतिशत मूल्य अभिवृद्धि गरी कुल उत्पादनको कम्तिमा २५ प्रतिशत निर्यात गर्ने उद्योगलाई इजाजतपत्रप्राप्त संस्थाले आफ्नो आधारदरमा बढीमा १ प्रतिशत विन्दु प्रिमियम थप गरी कर्जाको ब्याजदर कायम गर्न सक्नेछन् ।’ राष्ट्र बैंकको निर्देशनमा भनिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima