Skip to content

डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउने विद्युत प्राधिकरणको निर्णय

nabil bank

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउने निर्णय गरेको छ ।

आज बसेको बैठकले उक्त निर्णय गरेको हो । वर्तमान ऊर्जामन्त्री कुलमान घिसिङ प्राधिकरणको प्रमुख हुँदा बक्यौता उठाउन चाहन्थे । विभिन्न कारण रोकिएको थियो । अब भने उनको योजना सफल हुने देखिएको छ ।

प्राधिकरणले उद्योगीबाट बक्यौता भने एकै पटक नभएर समय दिएर उठाउने निर्णय गरेको छ । डेडिकेटेड र ट्रंक लाइनको बक्यौता करिब सवा ८ अर्ब रुपैयाँ छ ।

उद्योगीहरुलाई बक्यौता तिर्नका लागि ३ साताको समय दिएर सूचना जारी गर्ने निर्णय भएको छ । सूचना प्रकाशित गरेपछि बक्यौता तिर्न समय भने दिनेछ ।

यता घिसिङ मन्त्री भएर पदबहाली गरेको दिन भदौ ३० गते पहिलो निर्णय गर्दै बक्यौता रकम उठाउन प्राधिकरणलाई निर्देशन दिएका थिए । त्यो निर्णय अब कार्यान्वयनमा जाने भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime