Skip to content

प्रि-ओपन सेसनमा ३.८५ अंकले बढ्यो सेयर बजार

काठमाडौं । आइतबार प्रि–ओपन सेसनमा सेयर बजार ३.८५ अंकले बढेको छ । गत बिहीबार २.३५ अंक घटेर २६५२ विन्दुमा बन्द भएको सेयर बजार आज प्रि–ओपन सेसनमा ३.८५ अंक बढेर २६५५.८५ विन्दुमा पुगेको हो। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने १.०२ अंक बढेको छ।

आइतबार प्रि ओपन सेसनमा २९ कम्पनीको ३४ पटकको कारोबारमा ७ लाख २१ हजार १०५ रुपैयाँबराबरको १ हजार ५०० कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये १८ कम्पनीको सेयर मूल्य बढेको छ । बाँकी ९ कम्पनीको मूल्य घटेको छ। आज प्रि–ओपन सेसन २ स्टकको मूल्य स्थिर रहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T