Skip to content

मुक्तिनाथ क्यापिटलले ९ प्रतिशत नगद लाभांश दिने

nabil bank

काठमाडौं । मुक्तिनाथ क्यापिटलको ९ प्रतिशत नगद लाभांश पारित भएको छ । शुक्रबार बसेको कम्पनीको १६ औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्ताव पारित गरेको हो ।

सो सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष (आव) २०८१/८२ को कारोबारमा आधारित वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण छलफल गरी पारित गरिएको छ ।

साे साधारणसभाले आव २०८२/८३ को लेखापरीक्षण गर्नका लागि एनविएसएम एण्ड एसोसियट्स, चाटर्ड एकाउण्टेन्ट्सलाई लेखापरीक्षकमा नियुक्ति गरेको छ । अरण्य बुटिक होटलमा बसेको साधारणसभा सञ्चालक समितिका अध्यक्ष समिर शेखर बज्राचार्यको अध्यक्षता रहेको थियो ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime