Skip to content

नोट सफा राखौ, दक्षिणा डिजिटल माध्यमबाट दिनुः राष्ट्र बैंक

nabil bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले दसैंमा नोटको जतन गर्न सबैलाई आग्रह गरेको छ । राष्ट्र बैंकले नोटको जतनसाथ प्रयोग गर्न आग्रह गर्दै दक्षिणा दिँदा सकभर डिजिटल माध्यमको प्रयोग गर्न आग्रह गरेको छ ।

दसैंमा नोट च्यातिने, भिजिने वा फोहोर नबनाउन अनुरोध गरेको छ । जल, चन्दन, अक्षता, अबिर नोटमा नलगाउन आग्रह गरेको छ । यस्तै नोटलाई सफा र सुक्खा ठाउँमा राख्न समेत आग्रह गरेको छ ।

सफा र सुकिला बैंकनोट मात्र चलनचल्तीमा रहुन् भन्ने उद्देश्यले सफा नोट प्रयोग गर्ने नीति लिएको जनाएको छ । दसैंमा देवीको प्रसादको रूपमा टीका, जमरासँगै दक्षिणाको लागि बैंकनोट प्रयोग गर्दा होरिसार हुन आग्रह गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime