Skip to content

मुग्लिन–नारायणगढ सडक खण्डमा पहिरो, सवारी एकतर्फी सञ्चालन

काठमाडौं।  अविरल वर्षाका कारण मुग्लिन–नारायणगढ राजमार्ग अन्तर्गत तुईन खोला पुल नजिकै पहिरो खस्दा सवारी आवागमन एकतर्फी मात्र सञ्चालन भइरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।

हाल पनि वर्षा जारी रहेकाले यस सडक खण्डमा थप पहिरो खस्ने जोखिम कायमै रहेको चेतावनी दिइएको छ। यात्रु तथा चालक महानुभावहरूलाई आवश्यक जानकारी लिएर, सुरक्षाकर्मीको समन्वयमा मात्र सावधानीपूर्वक यात्रा गर्न अनुरोध गरिएको छ।

यसैबीच, मुग्लिन–नागढुंगा सडक खण्डको जवाङ खोला नजिक खसेको पहिरो भने हटाइएकाले त्यहाँको आवागमन पूर्ण रूपमा सुचारू भएको सडक डिभिजन भरतपुरले जनाएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima