Skip to content

आइतबारको विदेशी मुद्रा सटही दर: डलर १४१ रुपैयाँ ७४ पैसा, पाउण्ड १९० रुपैयाँ ६० पैसा

काठमाडौँ, असोज १८ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७४ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३४ पैसा कायम गरिएको छ।

त्यस्तै, युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ३४ पैसा र बिक्रीदर १६७ रुपैयाँ ०४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९० रुपैयाँ ६० पैसा र बिक्रीदर १९१ रुपैयाँ ४१ पैसा निर्धारण गरिएको छ।

स्वीस फ्र्याङ्क एकको खरिददर १७७ रुपैयाँ ९८ पैसा, बिक्रीदर १७८ रुपैयाँ ७३ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ६० पैसा, बिक्रीदर ९३ रुपैयाँ ९९ पैसा, र क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ४९ पैसा तथा बिक्रीदर १०१ रुपैयाँ ९२ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ ६२ पैसा र बिक्रीदर ९ रुपैयाँ ६६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ९१ पैसा र बिक्रीदर १९ रुपैयाँ ९९ पैसा, साउदी रियाल एकको खरिददर ३७ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९५ पैसा निर्धारण गरिएको छ।

यसैगरी, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ८९ पैसा, युएई दिराम एकको ३८ रुपैयाँ ५९ पैसा, र भारतीय रुपैयाँ सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi