Skip to content

हेटौडा-भैंसे हुँदै काठमाडौं आउने सडक लगातार ११ घन्टा बन्द

nabil bank

काठमाडौं । हेटौडा–भैंसे हुँदै काठमाडौं आउने सडक खण्ड लगातार ११ घन्टा बन्द हुने भएको छ ।

असोज १७ र १८ गतेको भारी वर्षा पश्चात् मौसममा हुँदै गएको क्रमिक सुधार र सडकको अवस्था समेतलाई मध्यनजर गर्दै हेटौडा–भैंसे हुँदै काठमाडौं जाने सबै सडक खण्डहरूमा आजदेखि अर्को सूचना जारी नभएसम्मका लागि बेलुकी ६ बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक सेवा बाहेकका सबै सवारी साधनहरूको आवतजावतमा रोक लगाएको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार आवतजावतमा रोक लगाइएको समय बाहेक अन्य समयमा यात्रा गर्दा उच्च सतर्कता एवं सावधानी अपनाई यात्रा गर्नु हुन सबैमा अनुरोध गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime