Skip to content

दसैंपछिको पहिलो सेयर कारोबार राताम्मे, परिसूचक २६ सय नजिक

nabil bank

काठमाडौं । दसैंपछिको पहिलो सेयर कारोबार राताम्मे भएको छ । कारोबारको सुरुदेखि नै घटेको बजार अन्तिम समयसम्म पनि कायमै रह्यो । जसले गर्दा बजार राताम्मे भएको हो ।

बजार ५८.५५ अंकले घटेर परिसूचक २६०४.९६ बिन्दु कायम भएको छ । ३२६ कम्पनीको १ करोड ३ लाख ४५ हजार ९०३ कित्ता सेयर ४ अर्ब ६२ करोड ९० लाख ४२ हजार ६५६ रुपैयाँको सेयर कारोबार भएको छ ।

आज कारोबारमा १६ कम्पनीको सेयर मूल्य बढेको छ भने २३५ कम्पनीको मूल्य घटेको छ । यो दिन सबै समूहको उपसूचक घटेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime