Skip to content

नेप्सेमा लाग्यो सर्किट, २० मिनेट कारोबार स्थगित

काठमाडौं । नेप्सेमा बिहीबार सर्किट लागेको छ। धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक १०२ अंकले बढेर २० मिनेटका लागि बन्द भएको छ ।

बजार खुलेको तीन मिनेटमा नै बजार ४ प्रतिशत बढेर २० मिनेटका लागि बन्द भएको हो । अब बजार ११ बजेर २३ मिनेटमा खुल्नेछ ।

लगानीकर्ताहरुले लामो समयदेखि माग गरिरहेको मार्जिन प्रकृतिको कर्जाको सीमा केन्द्रीय बैंकले हटाएसँगै यस दिन बजारमा उत्साह देखिएको हो। केन्द्रीय बैंकले बुधबार सर्कुलर जारी गर्दै सो सीमा हटाएको हो।  आज सेयर कारोबार ११ बजेर २३ मिनेटमा पुनः खुल्ने छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima