Skip to content

स्वास्थ्य बिमाबाट वञ्चित विपन्न परिवारलाई नगरपालिकाको सहयोग

nabil bank

नुवाकोट । आर्थिक रूपमा विपन्न तथा सामाजिक रूपमा पछिपरेका परिवारलाई यहाँको विदुर नगरपालिकामार्फत स्वास्थ्य बिमाको दायरामा समेटिएका छन् । अहिलेसम्म स्वास्थ्य बिमाको पहुँचमा नरहेका करिब सात सय परिवारका २ हजार ६०० भन्दा बढी नगरवासीको स्वास्थ्य बिमा नगरपालिकाको आर्थिक लगानीमा गरिएको हो ।

‘अतिविपन्न नागरिक स्वास्थ्य बिमा कार्यक्रम’मार्फत आर्थिक रूपमा विपन्न, दलित र सीमान्तकृत समुदाय एवं सामाजिक रूपमा पछिपरेका परिवारको स्वास्थ्योपचार सुनिश्चितताका लागि स्वास्थ्य बिमा कार्यक्रममा समावेश गरिएको नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिए । उनका अनुसार वडा कार्यालयहरूबाट छनोट र सिफारिस भएका छ सय ७२ परिवारमा आबद्ध दुई हजार ६०० भन्दा बढी नगरवासीलाई निःशुल्क बिमा कार्यक्रममा आबद्ध गराइएको छ ।

‘आर्थिक रूपमा पछि परेका व्यक्तिको उपचारका लागि राज्यको दायित्वअन्तर्गत नगरमार्फत आर्थिक सहयोग उपलब्ध गराउँदै आएकामा खर्चको दायरा धेरै देखिएपछि विपन्न नागरिक स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनमा ल्याएका हौँ’, नगरप्रमुख श्रेष्ठले भने, ‘प्रारम्भिक चरणमा अतिविपन्न परिवारलाई आबद्ध गराएका छौँ । क्रमशः सम्पूर्ण नगरवासीलाई समावेश गर्ने लक्ष्य लिइएको छ ।’

नगरपालिकामार्फत बिमा गरेका परिवारलाई आगामी दिनमा पनि नगरपालिकाको लगानीमा निरन्तरता दिइने निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद प्याकुरेलले जानकारी दिए । उनका अनुसार स्वास्थ्योपचारलाई आर्थिक भार नभई अधिकारका रूपमा स्थापित गर्न सञ्चालनमा ल्याइएको उक्त कार्यक्रमलाई वार्षिक स्वीकृत नीति तथा कार्यक्रममा समावेश गरेर नगरवासीको उपचार सहज बनाउन जोड दिइएको छ ।

आर्थिक वर्ष २०८१र८२ को वार्षिक स्वीकृत कार्यक्रममार्फत सञ्चालनमा ल्याइएको अतिविपन्न नागरिक स्वास्थ्य बिमा कार्यक्रम कार्यान्वयनमा आएर सेवा लिन सुरु भएको छ । उक्त कार्यक्रम सञ्चालनका लागि २२ लाख रुपैयाँ खर्च भएको नगरपालिकाले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi