Skip to content

राष्ट्र बैंकले बढायो रेमिट्यान्सको सीमा, ७ दिनभित्र विवरण पेस गर्नुपर्ने

nabil bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले रेमिट्यान्स रकमको सीमा बढाएको छ । राष्ट्र बैंकले आज परिपत्र जारी गर्दै यसअघि कायम रहेको व्यवस्थामा ५ लाख रुपैयाँ थपेको छ ।

यसअघि दैनिक २० लाख रुपैयाँ रहेको सिमा अब ५ लाख रुपैयाँ बढाएर दैनिक २५ लाख रुपैयाँ कामय गरिएको छ ।

नेपाली वा विदेशी नागरिक वा नेपालमा दर्ता भएका फर्म, कर्मचारी, संस्था वा शाखा कार्यालयले बिक्री, कमिसन, शुल्क, पारिश्रमिकलगायत विभिन्न प्रयोजनका लागि फिर्ता नहुने गरी विदेश (नागरिक वा फर्म, कम्पनी तथा संस्था) बाट प्राप्त हुने रकम इजाजतप्राप्त विप्रेषण कम्पनीमार्फत सम्बन्धित लाभग्राहीको खातामा जम्मा गर्ने गरी दैनिक २५ लाख रुपैयाँ (एकपटक वा पटक–पटक) को विप्रेषण रकम ल्याउन सकिने छ । यसअघि २० लाख रुपैयाँ रहेको थियो ।

राष्ट्र बैंकले भित्रिएको विप्रेषणको विवरण प्रत्येक महिना समाप्त भएको ७ दिनभित्र राष्ट्र बैंकमा पेस गर्नुपर्ने छ । यसअघि मासिक रुपमा विवरण पेस गर्नुपर्ने व्यवस्था थियो । अहिले विवरण पेश गर्ने अवधि तोकिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi