Skip to content

डिजिटल वालेट कम्पनी ‘फस्ट पे टेक्नोलोजी’ र ‘प्रभु टेक्नोलोजी’को लाइसेन्स खारेज

काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक दुई डिजिटल वालेट कम्पनीको लाइसेन्स खारेज गरेको छ। फस्ट पे टेक्नोलोजी प्रालि र प्रभु टेक्नोलोजी प्राइभेट कम्पनीको लाइसेन्स खारेज गरेको हो ।
फस्ट पे टेक्नोलोजी प्रालि र प्रभु टेक्नोलोजी प्राइभेट कम्पनीको भुक्तानी सेवा प्रदायकका रूपमा प्राप्त अनुमति पत्र खारेज गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ। प्रभु टेक्नोलोजी प्राइभेट कम्पनीले नवीकरण नगरेको भएर लाइसेन्स खारेज गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
यी कम्पनीको लाइसेन्स २०७५ को भुक्तानी तथा फर्स्यौट ऐन र २०७६ को भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशनका प्रावधानको उल्लंघन भएको पुष्टि भएसँगै राष्ट्र बैंकको सञ्चालक समितिको २०८२ जेठ ४ गतेको निर्णयअनुसार इजाजत खारेज गरिएको हो।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima