Skip to content

माछापुच्छ्रे बैंकका सीईओको तलब भत्ता १ करोड ७१ लाख, कुन सञ्चालकले कति बुझे भत्ता ?

काठमाडौं । माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई १ करोड ७१ लाख ९२ हजार रुपैयाँ तलब भत्ता दिएको छ ।

बैंकले सीईओ सन्तोष कोइरालालाई तलब बापत ७४ लाख १६ हजार, भत्ता बापत ५९ लाख ६१ हजार, अन्य सुविधा बापत १७ लाख ८९ हजार, बोनस बापत २० लाख २६ हजार रुपैयाँ भुक्तानी गरेको छ । यसबापत उनले राज्यलाई ३९ प्रतिशत कर तिरेका छन् ।

बैंकले नायब कार्यकारी अधिकृत, महाप्रबन्धक तथा प्रबन्धकहरुलाई १६ करोड ३६ लाख ५६ हजार रुपैयाँ भुक्तानी गरेको छ । बैंकले उनीहरुलाई तलब ६ करोड ६३ लाख ५२ हजार, भत्ता ६ करोड ३ लाख २८ हजार, अन्य सुविधा २ करोड र बोनस बापत १ करोड ६९ लाख ७५ हजार भुक्तानी गरेको छ ।

बैंकको स्वीकृत नियमानुसार कर्मचारीहरुलाई उपलब्ध गराइएको दुर्घटना तथा औषधि उपचार खर्चको बीमा प्रिमियम व्यहोर्दै आएको जनाएको छ । यस्तै बैंकले सञ्चालकहरूलाई बैठकमा भाग लिए बापत प्रति बैठक अध्यक्षलाई १८ हजार र सञ्चालकलाई १५ हजार ५०० रुपैयाँ उपलव्ध गराइएको छ । यस बाहेक प्रति महिना पत्रपत्रिका, मोवाइल तथा ईन्टरनेट खर्च बापत १५ हजार उपलव्ध गराउने ब्यबस्था रहेको बैंकले जनाएको छ । साथै ५० लाख बराबरको सामुहिक दुर्घटना बीमा गरिएको छ ।

बैंकको कामको सिलसिलामा भ्रमण गर्नु पर्दा लाग्ने खर्च, दैनिक भ्रमण भत्ता आदि बैंकको नियमावली बमोजिम हुने बैंकले जनाएको छ । बैंकले सञ्चाल समितिका अध्यक्ष रोशन केसीलाई ४ लाख ५० हजार, सञ्चालकहरु जय मुकुन्द खनाललाई २ लाख ७९ हजार, मुकुन्द महतलाई २ लाख ७९ हजार, हरिभक्त सिग्देललाई ९३ हजार, पेशलराज पोखरेललाई ३ लाख ४१ हजार रुपैयाँ भुक्तानी गरेको छ ।

यस्तै सञ्चालक अनिश साहलाई २ लाख ७९ हजार, विश्व प्रकाश गौतमलाई २ लाख १ हजार ५००,बन्दना कार्कीलाई २ लाख १ हजार ५००, सुनिल नारायण श्रेष्ठलाई १ लाख ७० हजार ५०० र मनिषा भण्डारीलाई १ लाख ८६ हजार रुपैयाँ भुक्तानी गरेको बैंकले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima