Skip to content

डेबिट कार्डमार्फत गरिने कारोबारको सीमा घट्यो, प्रतिदिन कति निकाल्न पाइन्छ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले डेबिट कार्डबाट गरिने कारोबारको रकम सीमा घटाएको छ। राष्ट्र बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले डेबिट कार्डमार्फत हुने कारोबारको सीमा घटाएको हो ।

डेबिट कार्डमार्फत प्रति कारोबार २० हजार, प्रति दिन ५० हजार र प्रति महिना ३ लाख रुपैयाँ कारोबार गर्न सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ। नयाँ व्यवस्था कार्यान्वयनका लागि राष्ट्र बैंकले शुक्रबार बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन पठाएको छ।

यसअघि प्रति कारोबार २५ हजार, प्रति दिन १ लाख र प्रति महिना ४ लाखसम्म कारोबार गर्न सकिने व्यवस्था थियो।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T