Skip to content

मुक्तिनाथ कृषि कम्पनीको लाभांश घोषणासँगै, हकप्रद सेयर जारी गर्न कात्तिक २१ गते बोलायो साधारणसभा

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले बोनस सेयर वितरणपश्चात हकप्रद सेयर निष्काशन गर्ने भएको छ।

उक्त कम्पनीको असोज २४ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ८.४२ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। बोनस सेयर वितरणपछि कायम हुने चुक्तापुँजीको ६० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने घोषणा गरेको छ।

असोज २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने र हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको हो। यसका साथै सो प्रस्तावहरु पारित गर्न कम्पनीले कात्तिक २१ गते शुक्रबार सिल्भर वक ब्यान्क्वेटमा काठमाडौँमा ७औं वार्षिक साधारणसभा बोलाउने निर्णय पनि गरेको छ।

सो साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले कात्तिक १४ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार कात्तिक १३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारणसभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T