Skip to content

प्रि-ओपन सेसनमा १.७८ अंकले बढ्यो सेयर बजार

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार प्रि–ओपन सेसनमा बढेको छ । आइतबार प्रि–ओपन सेसनमा सेयर बजार मापक नेप्से सूचक १.७८ अंक बढेर २५८३.९७ विन्दुमा पुगेको छ। यस सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.३३ अंक बढेको छ।

आइतबार प्रि ओपन सेसनमा ३२ कम्पनीको ६७ पटकको कारोबारमा २ करोड ४० लाख ५८ हजार ८१७ रुपैयाँ ८० पैसाबराबरको ४४ हजार १७३ कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये ११ कम्पनीको मूल्य बढेको छ भने २० कम्पनीको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T