काठमाडौं । गरिमा विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।
बैंकले १०.५३ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमा ६ प्रतिशत बोनस सेयर र करसहित ४.५३ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।
असोज २७ गते बसेको बैंकको सञ्चालक समितिले उक्त लाभांश घोषणा गरेका हो । यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।






प्रतिक्रिया दिनुहोस्