Skip to content

तिहारका लागि चाँदीको सिक्का बेच्दै राष्ट्र बैंक, एकजनाले एउटामात्र किन्न पाउने

nabil bank

काठमाडौं । यस पटकको तिहारको लागि नेपाल राष्ट्र बैंकले चाँदीको सिक्का बेच्न थालेको छ । राष्ट्र बैंकले असोजको २६ गतेबाट चाँदीको सिक्का बेच्न थालेको छ ।

राष्ट्र बैंकले चाँदीको मेडालियन (सिक्का)को मूल्य र परिमाण पनि तोकेको छ । राष्ट्र बैंकले  ४ प्रकारका सिक्का बिक्री गरिरहेको छ । सबै सिक्का १० ग्रामका रहेका छन् भने मूल्य ३ हजार रुपैयाँ तोकिएको छ ।

राष्ट्र बैंकले जारी गरेको सूचनाअनुसार एक जनाले एउटामात्र सिक्का किन्न पाइनेछ। सिक्का किन्नका लागि नागरिकताको फोटोकपी वा नागरिकता नम्बर उल्लेख भएको कुनै पनि अन्य परिचयपत्र आवश्यक पर्नेछ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime