Skip to content

कामना सेवाका अध्यक्ष सुदीप आचार्यले लिए शपथ

nabil bank

काठमाडौ । कामना सेवा विकास बैंकको सञ्चालक समितिका अध्यक्ष सुदीप आचार्यले मंगलबार नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बमबहादुर मिश्रसमक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

बैंकको गत शुक्रवार सम्पन्न १९औं वार्षिक साधारणसभावाट संचालकमा निर्वाचित आचार्यलाई सोही दिन बसेको सञ्चालक समितिको बैठकले अध्यक्षमा चयन गरेको थियो । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनमा निर्वाचित अध्यक्षले नेपाल राष्ट्र बैंकसमक्ष पद तथा गोपनियताको शपथ ग्रहण गर्नुपर्ने व्यवस्था छ ।

उक्त शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल, वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक सत्यन्द्र तिमिल्सिना, विकास बैंकका संचालक र प्रमुख कार्यकारी अधिकृत लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

बैंकको शुक्रबार सम्पन्न १९औं वार्षिक साधारणसभावाट संस्थापक समूहअन्तर्गत सुदीप आचार्य, भीमप्रसाद तुलाचन, चतुराखर अधिकारी र सर्वसाधारण समूहअन्तर्गत बलराम बराल, विश्वेश्वर सुवेदी र डा. पवन कुमार शर्मा निर्विरोध निर्वाचित भएका थिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime