Skip to content

एनआईसी एसिया बैंक तथा एनआईसी एसिया क्यापिटलमा निःशुल्क डिम्याट खाता खोल्न सकिने

nabil bank

 

कठमाडौं । एनआईसी एसिया क्यापिटलले विगत लामो समयदेखि ‘एक नेपाली, एक डिम्याट खाता’ अभियान सञ्चालन गरी एनआईसी एसिया बैंकको सम्पूर्ण शाखा कार्यालयहरुबाट निक्षेप सदस्यअन्तर्गतका सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

उक्त ‘एक नेपाली, एक डिम्याट खाता’ अभियान मार्फत देशको दूरदराजमा बसोबास गर्ने नेपालीहरुमा डिम्याट खाताको पहुँच विस्तार गर्ने मुख्य उद्देश्यका साथ एनआईसी एसिया क्यापिटल लिमिटेड, क्यापिटलको शाखा कार्यालयहरु, एनआईसी एसिया अनलाइन डिम्याट सेवा र एनआईसी एसिया बैंकको सम्पूर्ण शाखा कार्यालयहरुबाट जेठ १ गतेदेखि आसार मसान्तसम्म निःशुल्क रुपमा डिम्याट खाता खोलिदिने र पहिलो वर्षको डिम्याट खाता संचालन शुल्कमा छुट दिने व्यवस्था मिलाइएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।

एनआईसी एसिया क्यापिटलले पछिल्लो समयमा आफ्नो सेवाहरुलाई प्रविधिको प्रयोग गरी आम सर्वसाधारणहरुलाई क्यापिटलको सेवा ‘लाइनमा होइन इलष्लिभ’ मा भन्ने नारासहित क्यापिटलको अधिकांश सेवाहरु अनलाईनमार्फत लिन मिल्ने व्यवस्था मिलाइएको हुँदा क्यापिटलको वेभसाइटमार्फत सहजै निःशुल्क रुपमा डिम्याट खाता खोल्न सकिने व्यहोरा सहर्ष जानकारी गराउँछौं ।

साथै क्यापिटलबाट प्रदान गरिने सेवाहरुको सम्बन्धमा थप जानकारीको लागि क्यापिटलको मोवाईल नम्बरहरु ९८४७३४५०९९, ९८४७३४५१०७ र ९८५११२२९९४ मा सोझै सम्पर्क गर्न सकिने बेहोरासमेत बैंकले जानकारी गराएको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime