Skip to content

यी हुन् माछापुच्छ्रे बैंकका १८ ठूला सेयरधनी: सन नेपाल लाइफ भित्रियो, ४ व्यक्ति तथा कम्पनी बाहिरिए

काठमाडौं । माछापुच्छ्रे बैंकको ठूला सेयरधनीमा १८ व्यक्ति तथा कम्पनी रहेका छन् । बैंकमा सबैभन्दा बढी सेयर स्वामित्व कर्मचारी सञ्चय कोषको ९.२४ प्रतिशत रहेको छ ।

यस्तै प्रेम कुमारी केसीको ८.६९ प्रतिशत, सुरेन्द्र महतोको ७.७४ प्रतिशत, पीकेआर इन्भेष्टमेन्ट कम्पनीको ६.०७ प्रतिशत, राम आशिस साहु सुडीको ४.२४ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

यस्तै डा. धर्मराज श्रेष्ठको नाममा २.०३ प्रतिशत, कृष्ण गोपाल श्रेष्ठको नाममा १.७५ प्रतिशत, बिरेन्द्र प्रसाद महतोको १.५८ प्रतिशत, करण मोटर कम्पनीको १.५१ प्रतिशत, रोशन केसीको १.४८ प्रतिशत, किरण केसीको १.४८ प्रतिशत, प्रकाश केसीको १.२९ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

बैंकमा रामजानकी इन्भेष्टमेन्ट एण्ड पेट्रोलियम सप्लायर्स प्रालिको ०.९९ प्रतिशत, एसोसियटेड अटोमोबाइल्स प्रालिको ०.८६ सन नेपाल लाइफको ०.८६ प्रतिशत, प्रनेश्वर पोखरेलको ०.७२ प्रतिशत, श्री हिमालयन इन्टरप्राइजेजको ०.५१ र दिनेशलाल श्रेष्ठको ०.५१ प्रतिशत सेयर स्वामित्व छ ।

बैंकमा सन नेपाल लाइफ नयाँ सेयरधनीको रुपमा भित्रिएको छ भने उपेन्द्र महतो सुडी, गणेश बहादुर श्रेष्ठ, आजाद श्रेष्ठ र एनएमबि सरल बचत फण्ड बाहिरिएका छन् ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima