Skip to content

असोज १८ पछि आएको बाढीले बीमा कम्पनीमा सवा ३ अर्ब बढीको दाबी, कुन कम्पनीमा कति ?

काठमाडौं । असोज १८ गतेदेखि परेको अविरल वर्षा र त्यसपछि आएको बाढी पहिरोले बीमा कम्पनीमा ३ अर्ब २६ करोड ७६ लाख रुपैयाँ दाबी परेको छ ।

बीमा प्राधिकरणका अनुसार बाढी र पहिरोपछि बीमा कम्पनीमा ७०४ वटा दाबी परेको छ । परेको दाबीमा सबैभन्दा बढी रकम शिखर इन्स्योरेन्समा रहेको छ । शिखरमा ५४ वटा बीमाबापत ६० करोड ९४ लाख रूपैयाँको दाबी परेको छ ।

सिद्धार्थ प्रिमियरमा ५० करोड ६४ लाख, एनएलजीमा ५० करोड ४७ लाख, हिमालयन एभरेष्टमा ३७ करोड ५ लाख, नेसनलमा २९ करोड ४९ लाख, दि ओरियन्टलमा २० करोड ७७ लाख रूपैयाँको दाबी परेको छ।

प्राधिकरणका अनुसार आईजीआई प्रुडेन्सियलमा १६ करोड ९५ लाख, युनाइटेड अजोडमा १२ करोड ५६ लाख, नेकोमा १२ करोड १० लाख, सगरमाथा लुम्बिनीमा १२ करोड ९ लाख, प्रभुमा १० करोड ४६ लाख, नेपाल इन्स्योरेन्समा १० करोड १८ लाख, सानिमा जीआईसीमा २ करोड ८५ लाख, ट्रस्ट माइक्रोमा ८ लाख, स्टार माइक्रोमा ८ लाख रुपैयाँ दाबी परेको छ ।

प्राधिकरणका अनुसार सम्पत्ति बीमामा ३ सय ६४ वटा दाबी बापत २ अर्ब ७० करोड ६९ लाख, इन्जिनियरिङ तथा ठेकेदार जेखिम बीमामा ८७ वटा दाबी बापत ४८ करोड ४ लाख, कृषि तथा बाली बीमामा २०९ वटा दाबी बापत ४ करोड ३२ लाख रुपैयाँ दाबी परेको छ ।

यस्तै मोटर बीमा (निजी) तर्फ ३३ वटा दाबी बापत २ करोड ५२ लाख, मोटर बीमा सार्वजनिक तर्फ ९ वटा दाबी बापत १ करोड ५ लाख र अन्य बीमा तर्फ २ वटा दाबी? बापत १२ लाख रुपैयाँ दाबी परेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T