काठमाडौं । स्टयान्डर्ड चार्टर्ड बैंकले लाभांश घोषणा गरेको छ ।
आज बसेको बैंक संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०८१/०८२ को नाफाबाट सेयरधनीलाई नगद लाभांश दिने निर्णय गरेको हो ।
बैंकले सेयरधनीलाई चुक्ता पुँजीको १९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । बैंकको यो निर्णय नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।






प्रतिक्रिया दिनुहोस्