Skip to content

बैंक तथा वित्तीय संस्थाले कात्तिक तेस्रो सातासम्म वित्तीय विवरण प्रकाशन गरे हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरूलाई आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको वित्तीय विवरण पठाउने र प्रकाशन गर्ने समयावधि तोकेको छ ।
बैंक तथा वित्तीय संस्थाले कात्तिक २१ गतेसम्म यस्तो विवरण पठाउन वा प्रकाशन गर्न सक्नेछन् ।

इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्था तथा पूर्वाधार विकास बैंकलाई यस अवधिको मासिक तथा त्रैमासिक विवरण राष्ट्र बैंकमा पठाउने र अन्तरिम वित्तीय प्रतिवेदन प्रकाशन गर्नका लागि कात्तिक २१ गतेसम्म समय थप गरिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले जारी गरेको सूचनाअनुसार, बैंक तथा वित्तीय संस्थाले आफ्नो लेखा नीति बमोजिम प्रोदभावी आधारमा लेखांकन गरिएको ब्याज आम्दानीमध्ये कात्तिक १५ गतेभित्र प्राप्त भएको ब्याज रकम बाहेक अन्य प्राप्त हुन बाँकी ब्याज आम्दानी बराबरको रकममा प्रचलित व्यवस्थाअनुसार आयकर, कर्मचारी बोनस र वैधानिक कोष (साधारण जगेडा कोष र संस्थागत सामाजिक उत्तरदायित्व कोष) मा रकम जम्मा गरी बाँकी रकमलाई सञ्चित मुनाफाबाट खर्च गरेर नियमनकारी कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ ।

राष्ट्र बैंकले सम्बन्धित सबै बैंक तथा वित्तीय संस्थालाई तोकिएको समयभित्र आवश्यक विवरण पठाउन अनुरोध गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T