Skip to content

जेनजी आन्दोलनः २३ अर्ब २० करोडको बीमा दाबी, २ अर्ब बढी भुक्तानी

nabil bank

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षति बापत बीमा कम्पनीमा २३ अर्ब २० करोड ९१ लाख रुपैयाँ बढीको दाबी रकम परेको छ ।

निर्जीवन बीमा कम्पनीमा परेको ३ हजार १६६ वटा बीमा दाबी परेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त पछिल्लो तथ्याङ्क अनुसार, कूल दाबी रकममध्ये हालसम्ममा अग्रिम भुक्तानी समेत गरी करिब २ अर्ब १ करोड ९८ लाख बीमितहरूलाई भुक्तानी भइसकेको छ ।

आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबीको मूल्याङ्कन एवम् अनुगमनका लागि २ हजार ७९१ वटा दाबीका लागि सर्भेयर खटाइएको र सर्भेयरहरूले हालसम्ममा ६५४ को सङ्ख्यामा सर्भे प्रतिवेदन पेश गरेको बीमा कम्पनीले जनाएका छन् ।

नेपाल पुनर्बीमा कम्पनीमा बीमा कम्पनीहरूबाट कूल २ हजार ७३३ वटा पुनर्बीमा दाबी परेको र पुनर्बीमा दाबी रकम करिब १५ अर्ब ७६ करोड ४३ लाख रहेको जानकारी दिएको छ ।
पुनर्बीमा कम्पनीले हालसम्ममा करिब १ अर्ब ६३ करोड ३५ लाख अग्रिम (पेश्की) भुक्तानी बीमा कम्पनीहरूलाई दिएको र ६० वटा दाबीको मूल्याङ्कन तथा अनूगमनका लागि संयुक्त बीमा सर्भेयर खटाएको तथ्याङ्क उपलब्ध गराएको जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime