काठमाडौं । साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले कात्तिक महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले बचतमा २.७५ प्रतिशत ब्याजदर दिने जनाएको छ ।
यस्तै मुद्दति निक्षेपमा संस्थागत तर्फ २.७५ देखि ४ प्रतिशतसम्म ब्याज दिने जनाएको छ । यस्तै व्यक्तिगत तर्फ ४.५० देखि ५.७६ प्रतिशतसम्म ब्याज दिने जनाएको छ ।
बैंकले विभिन्न ६ वटा मुद्दति निक्षेप खाता सञ्चालन गरिरहेको छ । भदौ मसान्तसम्म बैंकको आधारदर ६.४९ प्रतिशत रहेको छ ।
बैंकको कर्जा दिँदा आधार दरमा बढीमा ४ प्रतिशतसम्म प्रिमियम थपेर कर्जा दिने जनाएको छ ।







प्रतिक्रिया दिनुहोस्