Skip to content

सानिमा बैंकको लाभांश पारित, तीन जना सञ्चालक निर्विरोध चयन

nabil bank

काठमाडौं । सानिमा बैंकको साधारणसभा सम्पन्न भएको छ । आज सम्पन्न सभाले सेयरधनीलाई दिन प्रस्ताव गरेको लाभांश पारित गरेको छ ।

बैंकले सेयरधनीलाई हाल कायम रहेको चुक्ता पुँजीको ७.३६८५ प्रतिशत नगद लाभांश (करसहित) दिने प्रस्ताव गरेको थियो । उक्त प्रस्ताव सभाले पारित गरेको हो । यस्तै सम्पन्न सभाले संस्थापक सेयरधनीहरुको तर्फबाट तुक प्रसाद पौडेल, बलराम पराजुली र निशा कुम्पाखलाई सञ्चालकमा निर्बिरोध चयन गरेको छ ।

बैंकले आर्थिक बर्ष २०८१/८२ मा २.५७ अर्ब रुपैयाँ खुद नाफा गरेको छ । बैंकको कुल सम्पत्ति २ खर्ब ६३ अर्ब ५५ करोड, कुल निक्षेप २ खर्ब २५ अर्ब ४८ करोड तथा खुद कर्जा सापटी १ खर्ब ८३ अर्ब ४५ करोड रुपैयाँ रहेको छ ।

आर्थिक वर्ष २०८०/८१ को तुलनामा बैंकको निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमशः १३.०९, ११.२२ र १२.७० प्रतिशतले बढेको छ । बैंकको निष्कृय कर्जा ३.०१ प्रतिशत, पुँजीकोष १३.०१ प्रतिशत, तरलता ३०.९५ प्रतिशत र कर्जा निक्षेप अनुपात ८१.०३ प्रतिशत रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime