Skip to content

प्रभु बैंकका ग्राहकलाई काठमाण्डू मोडेल अस्पतालमा विशेष छुट

nabil bank

काठमाडौं । प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । एक समारोहका बीच काठमाण्डू मोडेल अस्पतालका प्रबन्धकीय निर्देशक गौरीप्रधान र प्रभु बैंकका प्रमुख मार्केटिङ अफिसर रविन्द्र ढकाल ले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारीका पारिवारजनले काठमाण्डू मोडेल अस्पतालमा उपचार सेवा लिँदा अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडि टिकट बाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी, दन्त सेवालगायतका सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

साथै, प्रभु बैकका कर्मचारी तथा ग्राहकहरुले आूफ्नो बैक सँगको आबद्धताको प्रमाणको आधारमा यो सुबिधा सहजै प्राप्त गर्न सकिनेछ ।

नेपालको सामुदायिक क्षेत्रवाट सञ्चालित अग्रणी स्वास्थ्य सेवा प्रदायक काठमाण्डू मोडेल अस्पतालले केही दशकदेखि निरन्तर स्तरिय स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको र एकै छानामुनि आकस्मिक उपचारदेखि सघन उपचार उपलब्ध गराउँदै आइरहेको छ । स्वास्थ्यप्रति जागरुक नागरिकहरुका लागि काठमाण्डू मोडेल अस्पतालमा विभिन्न स्वास्थ्य परीक्षण प्याकेजहरुमार्फत नियमित स्वास्थ्य परीक्षण, परामर्श तथा उपचार सेवाहरु समेतको व्यवस्था रहेको छ।

साथै काठमाण्डू मोडेल अस्पतालले दन्त चिकित्सालय सुविधा पनि उपलब्ध गराउँदै आइरहेको छ । त्यसैगरी, ग्राहकहरुको रोजाइको अग्रणी बैंकको रुपमा रहेको छ । हालसालै ‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३ सय २ शाखा कार्यालय, २ सय ८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टरमार्पmत ग्राहकहरुलाई सेवा प्रदान गरेको छ ।

समारोहमा प्रभु बैंकका बजार व्यवस्थापक, सबिन राणा, दीना चित्रकार तथा काठमाण्डू मोडेल अस्पतालका वित्तीय तथा प्रशासकीय नियन्त्रक चैन कुमार बज्रार्चायको समेत उपस्थिति थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime