काठमाडौं । गरिमा विकास बैंकले लाभांश घोषणा गरेको छ । आइतबार बसेको सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट सेयरधनीलाई लाभांश दिने घोषणा गरेको हो ।
जसमा ६ प्रतिशत बोनस सेयर र कर सहित ४.५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् । बैंकले कात्तिक २७ गतेका लागि बार्षिक साधारणसभा बोलाएको छ ।
सभा प्रयोजनका लागि कात्तिक १८ गते बुक क्लोज गर्ने जनाएको छ । कात्तिक १७ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् ।






प्रतिक्रिया दिनुहोस्