Skip to content

सात वाणिज्य बैंकले गरे लाभांश घोषणा, कुनको कति ?

nabil bank

काठमाडौं । सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये अहिलेसम्म ७ वटा बैंकले मात्रै लाभांश घोषणा गरेका छन् । बैंकहरुले आर्थिक वर्ष २०८१/८२ का नगद तथा बोनस घोषणा गरेका छन् ।

अहिलेसम्म लाभांश घोषणा गरेका बैंकमा ग्लोबल आइएमई, एभरेष्ट, माछापुच्छ्रे, स्टयान्डर्ड चार्टर्ड, सिटिजन्स, सानिमा र सिद्धार्थ बैंक रहेका छन् । जसमा केही बैंकले सभा बोलाएर सभाले तोकेको लाभांश पारित गरेको छ ।

माछापुच्छ्रे बैंक

बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ८ प्रतिशत लाभांश वितरण गरेको छ । जसमा ४ प्रतिशत बोनस र करसहित ४ प्रतिशत नगद लाभांश दिएको छ । बैंकको साधारणसभा सम्पन्न गरिसकेको छ ।

सानिमा बैंक

बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ७.३६८५ प्रतिशत लाभांश दिएको छ । कात्तिक २ गते सम्पन्न सभाले उक्त लाभांश पारित गरेको छ ।

ग्लोबल आइएमई बैंक

बैंकले गत आर्थिक वर्षको नाफाबाट करसहित ८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

सो प्रस्ताव पारित गर्न बैंकले कात्तिक २६ गतेका लागि साधारण सभा बोलाएको छ । सभा बोलाएको बैंकले कात्तिक १६ गते बुक क्लोज गर्ने भएको छ । कात्तिक १५ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् ।

सिटिजन्स बैंक

सिटिजन्स बैंकले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

बैंकले सभा प्रयोजनका लागि कात्तिक १७ गते बुक क्लोज गर्ने भएको छ । कात्तिक १६ गतेसम्म कायम रहेका सेयरधनीले बैंकले तोकेको लाभांश पाउनेछन् ।

स्ट्याण्डर्ड चार्टर्ड बैंक

बैंकले सेयरधनीलाई गत आवको नाफाबाट सेयरधनीलाई कर सहित १९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

एभरेष्ट बैंक

बैंकले गत आवको नाफाबाट सेयरधनीलाई २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बैंकले ६ प्रतिशत बोनश सेयर र करसहित १४ प्रतिशत नगद लाभांश दिने जनाएको छ ।

बैंकले कात्तिक १२ गतेका लागि सभा बोलाएको छ । सभा प्रयोजनका लागि असोज २४ गते बुकक्लोज गरिसकेको छ । असोज २३ गतेसम्म कायम रहेका सेयरधनीले तोकेको लाभांश पाउनेछन् ।

सिद्धार्थ बैंक

बैंकले गत आवको नाफाबाट १०.५३ प्रतिशत लाभांश दिने जनाएको छ । जसमा ५ प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत करसकित नगद लाभांश दिने जनाएको छ ।
बैंकले सभा प्रयोजनका लागि कात्तिक ३० गते सभा बोलाएको छ । सभा प्रयोजनका लागि कात्तिक १७ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । कात्तिक १६ गतेसम्म कायम रहेका सेयरधनीले बैंकले तोकेका लाभांश पाउनेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime