Skip to content

प्रभु बैंकको ४ लाख २२ हजार कित्ता सेयर बिक्रीमा, सर्वसाधारणले आवेदन दिन पाउने

nabil bank

काठमाडौं । प्रभु बैंकले १० जना संस्थापक सेरधनीहरूको नाममा रहेको ४ लाख २२ हजार ८ सय ७ कित्ता सेयर सर्वसाधारणलाई बिक्रीमा राखेको छ।

बैंकले संस्थापक सेयधरनीहरूलाई प्राथमिकता दिएर उक्त सेयर यसअघि नै बिक्रीमा राखिसकेको थियो । संस्थापकले नकिनेपछि सर्वसाधारणलाई बिक्री गर्न लागेको हो ।

उक्त सेयर किन्न इच्छुक सर्वसाधारण व्यक्ति वा संघ–संस्थाले आवश्यक कागजातसहित १५ दिनभित्र काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्ने छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime