Skip to content

यी हुन् एभरेष्ट बैंकका स्वदेशी तथा विदेशी ठूला सेयरधनी

nabil bank

काठमाडौं । एभरेष्ट बैंकका ठूला सेयरधनीमा ७ विभिन्न व्यक्ति तथा कम्पनी रहेका छन् ।

बैंकमा नेपालीका साथै विदेशी बैंकको समेत सेयर स्वामित्व रहेको छ । बैंकमा भारतको पन्जाब नेशनल बैंकको २०.०२ प्रतिशत अर्थात २ करोड ५९ लाख २१ हजार ६३२ कित्ता सेयर रहेको छ ।

बैंकमा सबैभन्दा ठूला सेयरधनी प्रतिमा श्रेष्ठ रहेकी छिन् । बैंकमा उनको २३.९६ प्रतिशत अर्थात ३ करोड १० लाख ९ हजार ४२३ कित्ता सेयर स्वामित्व रहेको छ ।

बैंकमा रविकृष्ण श्रेष्ठको १.८८ प्रतिशत अर्थात २४ लाख ३५ हजार २२२ कित्ता, किरण कृष्ण श्रेष्ठको १.८८ प्रतिशत अर्थात २४ लाख ३५ हजार २२२ कित्ता, शान्ता देव पाठकको १.१८ प्रतिशत अर्थात १५ लाख २२ हजार २८० कित्ता, अरुण मान शेरचनको ०.९५ प्रतिशत अर्थात १२ लाख २३ हजार ३९७ कित्ता र होटल स्नो लायन प्रालिको नाममा ९.३० प्रतिशत अर्थात १ करोड २० लाख ४४ हजार ७४६ कित्ता संस्थापक सेयर स्वामित्व रहेको छ ।

बैंकमा रहेका संस्थापक सेयरधनीहरुको स्वामित्व सर्वसाधारण तर्फ समेत रहेको छ । सर्वसाधारण तर्फ बैंकमा पाठकको ३.८१ प्रतिशत, अरुणमान शेरचनको २.२५ प्रतिशत, रविकृष्णको ०.८५ प्रतिशत, किरण कृष्णको ०.८५ प्रतिशत, आनन्दरत्न तुलाधरको ०.७६ प्रतिशत र भाटभटेनी इन्भेष्टमेन्ट कम्पनीको ०.८८ प्रतिशत सेयर स्वामित्व रहेको बैंकले जनाएको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi