Skip to content

लुलु एक्सचेन्जबाट पैसा पठाउँदा एक किलो सुन र डङफेङ साइन कार जित्न सकिने

काठमाडौं । लुलु एक्सचेन्जले ग्राहकका लागि अफर घोषणा गरेको छ। संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेका नेपालीहरूले लुलु एक्सचेन्जमार्फत नेपालमा पैसा पठाउँदा एक किलो कमटेक सुन, दुई मेगा पुरस्कार–डङफेङ साइन कार र डङफेङ मेइज कार तथा लियोनल मेस्सीले हस्ताक्षर गरेको अर्जेन्टिनाको फुटबल जर्सी जित्न सक्नेछन्।

कम्पनीका अनुसार अफर अवधि भित्र नेपालमा पठाइएका प्रत्येक रेमिट्यान्स ट्रान्जेक्सन स्वतः लकिड्रमा सहभागी हुनेछन्। यो अफर २०२५ नोभेम्बर २२ सम्म मान्य रहने छ। नजिकको लुलु एक्सचेन्ज शाखा वा डिजिटल प्लेटफर्ममार्फत आजै पैसा पठाइ अफरमा सहभागी हुन कम्पनीले आग्रह गरेको छ।

यूएईस्थित लुलु एक्सचेन्ज विश्वव्यापी रूपमा विश्वासिलो वित्तीय सेवा प्रदायक संस्था हो, जसले पैसा पठाउने, मुद्रा विनिमय र भुक्तानी समाधान जस्ता सेवा आफ्ना शाखा सञ्जाल र अत्याधुनिक डिजिटल प्लेटफर्ममार्फत प्रदान गर्दै आएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T