काठमाडौं । छठपर्वको दिन आज सरकारले सार्वजनिक बिदा दिएको छ ।
बिदाको दिन पनि कुमारी बैैंकले विभिन्न प्रदेशका शाखा कार्यालय खोलेर सेवा दिने जनाएको छ ।
बैंकका अनुसार आज कोशी प्रदेशको बिराटनगर शाखा, बागमती प्रदेश (उपत्यका भित्र)को पुतलीसडक, गण्डकी प्रदेशको पोखरा स्थित चिप्लेढुंगा, लुम्बिनी प्रदेशको सिद्धार्थनगर, कर्णाली प्रदेशको सुर्खेत, सुदूरपश्चिमको धनगढी शाखा खुला रहेको जनाएको छ ।
बिदाको दिन ग्राहको सुविधालाई ध्यानमा राख्दै यी शाखा खोलेको बैंकले जनाएको छ ।






प्रतिक्रिया दिनुहोस्