Skip to content

गोर्खाज फाइनान्सबाट बाहिरिए अध्यक्ष र सञ्चालक, नयाँ अध्यक्षमा कल्पना खापुङ

nabil bank

काठमाडौं । गोर्खाज फाइनान्सबाट अध्यक्ष र सञ्चालक बाहिरिएका छन् ।

फाइनान्सका अध्यक्ष गौरब बुढाथोकी आइतबार व्यक्तिगत कारण देखाएर राजीनामा दिएका छन् ।

अध्यक्ष बुढाथोकीले दिएको राजीनामा आज बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको छ ।

यस्तै आजको बैठकले संस्थापक सञ्चालक कल्पना खापुङलाई अध्यक्षको जिम्मेवारी दिएको छ ।

फाइनान्सबाट सञ्चालक नीलम बोहराले पनि राजीनामा दिएकी छिन् । उनले व्यक्तिगत कारण देखाएर दिएको राजीनामा आज स्वीकृत भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime