Skip to content

५३ निर्माण कम्पनीलाई सोध्यो सडक डिभिजन काठमाडौंले स्पष्टीकरण, १५ दिनभित्र जवाफ दिनुपर्ने 

nabil bank
काठमाडौं । सडक डिभिजन काठमाडौंले ५३ निर्माण कम्पनीलाई स्पष्टीकरण सोधेको छ । सडक डिभिजन काठमाडौंले सडक तथा पुल निर्माण कार्यको प्रगति नभएको र लामो समय ताकेता गर्दा पनि सन्तोषजनक प्रगति देखाउन नसकेको भन्दै ५३ वटा निर्माण कम्पनीलाई १५ दिने स्पष्टीकरण सोधेको हो।
निमार्ण कम्पनीले उक्त अवधिमा चित्तबुझ्दो जबाफ नपाए ठेक्का तोड्ने प्रक्रियामा जाने सडक डिभिजन काठमाडौंका जनाएको छ । निमार्ण कम्पनीले सडक÷पुल निर्माण कार्यको प्रगति सन्तोषजनक नरहेको तथा लामो समय व्यतीत हुँदा पनि कार्य प्रगतिमा सुधार नभएको सन्दर्भमा पटक–पटक मौखिक तथा लिखित निर्देशन दिइएको थियो ।
तर, हालसम्म पनि कार्य प्रगतिमा सुधार नभएको, पेस भएको संशोधित कार्यपालिका बमोजिम कार्य नभएको, कार्य सम्पन्न गर्ने तर्फ तदारुकता नदेखाएको, साथै ठेक्काको म्याद नरहेको, ठेक्का फरफारक नभएको र लामो समयसम्म ठेक्का अलपत्र अवस्थामा रहेको हुँदा ठेक्का सम्झौताको प्रावधान अनुसार ठेक्का अन्त्य किन नगर्ने भनी स्पष्टीकरण सोधिएको छ ।
सडक डिभिजन काठमाडौंले ठेक्का अन्त्य गर्नु नपर्ने कुनै यथोचित कारण भए १५ दिनभित्र स्पष्टीकरण सहित आधिकारिक प्रतिनिधि स्वयं यस कार्यालयमा उपस्थित हुन अनुरोध गरेको छ । यदि निर्माण कम्पनीले समयमा जवाफ नदिए डिभिजनले ठेक्का सम्झौताका सर्तहरू तथा सार्वजनिक खरिद ऐन २०६३, सार्वजनिक खरिद नियमावली २०६४ तथा प्रचलित कानुन बमोजिम ठेक्का अन्त्य गर्ने तर्फ कारबाही अगाडि बढाइने जानकारी दिएको छ ।
कम्पनीको नाम
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime