Skip to content

हिमालयन बैंकका ५ जना संस्थापकको १ लाख १९ हजार कित्ता सेयर बिक्रीमा

nabil bank

काठमाडौं । हिमालयन बैंकका ५ जना संस्थापक सेयरधनीले को १ लाख १९ हजार ९९७ कित्ता सेयर बिक्री गर्ने भएका छन् ।

बैंकको संस्थापक सेयरधनीको १ लाख १९ हजार ९९७ कित्ता सेयर इच्छुक व्यक्ति तथा संस्थाले खरिद गर्न सक्नेछन् ।

बैंकले उक्त सेयर यसअघि संस्थापक सेयरधनीका लागि बिक्री खुला गरेको थियो । ३५ दिनसम्म कुनै पनि संस्थापकले पनि आवेदन नदिएपछि सर्वसाधारणका लागि खुला गरिएको हो । सेयर खरिद गर्न चाहनेले १५ दिनभित्र काठमाडौंको कमलादीस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिन सक्नेछन् ।

बैंकका संस्थापक सेयरधनी सुरक्षा सिजापतिको ११ हजार १५६ कित्ता, ज्योतिकुमार बेगानीको ७४ हजार ७५ कित्ता, सावित्री देवी अग्रवालको २६ हजार ४५४ कित्ता, चिरञ्जीवी लाल अग्रवालको ३ हजार १७१ कित्ता र मैया श्रेष्ठ बस्नेतको ५ हजार १४१ कित्ता सेयर रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime