Skip to content
Prabhu

ग्लोबल आइएमई बैंकको संस्थापक सेयर बिक्रीमा

 

काठमाडौं । ग्लोबल आइएमई बैंकले संस्थापक सेयरधनीको नाममा रहेको सेयर बिक्रीमा ल्याएको हो ।सो सेयरको प्रतिकित्ता मूल्य र संख्या भने तोकिएको छैन ।

सो  कम्पनीको विद्यमान संस्थापक सेयरधनीहरुलाई लक्षित गरी संस्थापक सेयर बिक्री सम्बन्धि ३५ दिने सूचना प्रकाशन गरिएको थियो । सो समयावधिभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदको कुनै पनि आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थामा सेयर बिक्री खुल्ला गरिएको बैंकले सूचनामार्फत जानकारी दिएको छ ।

सेयर खरिद गर्न इच्छुक सर्वसाधारणले सूचना प्रकाशन भएको ३५ दिनभित्र बैंकको रजिष्टर्ड कार्यलय, कमलादीमा निवेदन दिनुपर्ने बैंकले जनाएको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal