Skip to content

सोमबार सेयर बजार ८.२४ अंकले घट्यो, ६ अर्ब ५ करोडको कारोबार

nabil bank

काठमाडौं । साताको दोस्रो कारोबार सोमबार सेयर बजार सामान्य अंकले घटेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ८.२४ अंकले घटेर २६२२.८९ मा पुगेर बजार बन्द भएको हो । त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स ०.८३ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.५६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२२ अंक घटेको छ।

सोमबार ३३३ कम्पनीको १ करोड २१ लाख ८५ हजार ३८८ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ५ करोड २२ लाख २६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज शिवम् सिमेन्टकोे सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३७ करोड ६८ लाख २४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कम्पनीको प्रतिकित्ता सेयर मूल्य ६ सय १३.१० रुपैयाँ रहेको छ ।

आज ७२ कम्पनीको सेयर मूल्य बढ्दा १ सय ७२ कम्पनीकोे सेयर मूल्य स्थिर रहेको छ भने ५ कम्पनीको सेयर स्थिर रहेको छ । आज मुक्तिनाथ कृषि कम्पनी र एक्सेल डेभलपमेन्ट बैंकको सेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तैगरी, आज एस्टर्न हाइड्रोपावरको सेयरमा नकारात्मक सर्किट लागेको नेप्सेले जनाएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime