Skip to content

प्राधिकरणका पूर्वकार्यकारी निर्देशक शाक्यको रिटमा आज पेसी

nabil bank

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सरकारको निर्णयविरुद्ध सर्वोच्चमा दायर गरेको रिटमा आज पेसी रहेको छ ।

सरकारले आफु्लाई प्राधिकरणबाट हटाएपछि सोमबार सर्वोच्चमा शाक्यले सरकारको निर्णय गैरकानुनी भएको भन्दै दायर गरेको रिटमा आज पेशी रहेको छ ।

तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले गत चैत्र ११ गते बसेको मन्त्रिपरिषद बैठकले कुलमान घिसिङलाई प्राधिकरणबाट बर्खास्त गरी शाक्यलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।

जेनजी आन्दोलनको जगमा बनेको सरकारले असोज ५ गते शाक्यलाई प्राधिकरणबाट जल तथा उर्जा आयोगमा पठाउने निर्णय गरेको थियो । त्यसको विरुद्धमा शाक्य सर्वोच्च पुगेका हुन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime