Skip to content

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

 

काठमाडौं । महालक्ष्मी विकास बैंकले शिक्षाको पहुँचबाट पिछडिएका बालबालिकाहरूलाई छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग प्रदान गरेको छ ।

‘बालबालिकालाई शिक्षित गर्नुहोस्’ कार्यक्रमअन्तर्गत नेपालभर ८० वटा विद्यालय स्थापना गरी शिक्षा प्रदान गरिरहेको राउन्ड टेबल नेपालमार्फत बैंकले करिब एक हजार विद्यार्थीहरूका लागि प्रदान गर्न लागेको उक्त छात्रवृत्ति कार्यक्रमसँग सहकार्य गर्दै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक सहयोग गरेको हो ।

बुधबार काठमाडौं, धनगढी, वीरगन्ज, नेपालगन्ज, नारायणगढ, जनकपुर, बुटवल, भैरहवा गरी आठ स्थानमा सम्पन्न कार्यव्रmममा सहभागी हुँदै बैंकले शिक्षाको मूल धारमा आउन नसकेका, पिछडिएका तथा विभिन्न कारणले बन्दी जीवन बिताएका अभिभावकका बालबालिकाहरूलाई शिक्षाको अवसर प्रदान गर्न आवश्यक समन्वय गर्दै आइरहेको सो संस्थासँग मिलि एक कार्यक्रमका बीच विद्यार्थीहरूका लागि सहयोग प्रदान गरेको हो ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima