काठमाडौं । डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता तिरेका ९ वटा उद्योगको विद्युत प्राधिकरणले लाइन जोडेको छ । प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता नतिरेका २५ वटा उद्योगको विद्युत लाइन काटेको छ । त्यसमध्ये बक्यौताको पहिलो किस्ता तिरेका उद्योगको लाइन जोडेको प्राधिकरणले जनाएको छ ।
लाइन जोडिएका उद्योगमा भलवारी स्वचालित चामल उद्योग, एसआर फुड्स, एसआर स्टिल, पञ्चकन्या स्टिल, पञ्चकन्या प्लास्टिक, श्याम प्लास्टिक, सिद्वार्थ पेट प्लास्ट, घराना फुड्स र गोयनका फुड्स रहेका छन् ।
बक्यौता नतिरेका १६ वटा उद्योगको लाइन अझै जोडिएको छैन । ९ वटा उद्योगको लाइन जोडिएको प्राधिकरणका प्रबन्ध निर्देशक मनोज सिलवालले बताए । बक्यौताको पहिलो किस्ता तिरे लगत्तै उद्योगमा लाइन जोडिदिने उनको भनाइ छ ।
बक्यौता नबुझाउने २५ उद्योगमध्ये कात्तिक ४ गते ६ वटा उद्योग र बाँकी १९ वटा उद्योगको लाइन कात्तिक ७ गते साँझ काटिएको थियो ।






प्रतिक्रिया दिनुहोस्